अभाबले मानिसलाई नकरात्मक कार्य गर्नको लागि उत्पेरणा दिन्छ भन्थे साचिकै हो कि जस्तो अनुभुति हुन थालेको छ । जुन घरमा गरिवि छ त्याहा चेतना र असभ्य व्यवहारहरु देखा पर्दोरहेछ । घरको मुख्य भुमिका खेल्ने अभिभाबक नै गलत भए पछि त्यस घरका सबै सदस्यहरुले बाटो बिराउन थाल्दा रहेछन । एक अर्काप्रतिको जिम्मेवारी बहन गर्ने त कता हो कता सबै आफ्नो आफ्नो दुनियामा व्यस्त देखिएका छन । यो कस्तो विचित्रको संसार । सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकामा एउटा दलित बस्ती रहेको छ, जुन बस्तीमा चेतनाको सारै कमी देखिन्छ । चेतनामुलक कार्यक्रमहरु पनि नभएका भने होइनन तर त्यहाको चालचलन, सस्कार, रहनसहन र व्यवहारहरु कहिल्लै पबिर्तन हुन सकेन । त्यस समुदायमा पुरुषहरु सधै जस्तो मदिरा सेवन गरेर बसेका हुन्छन । छोराछोरीलाई विद्यालय पठाउन पर्छ भन्ने जिम्मेवारीको बहनै छैन । सधै जसो घरमा अभाबको कारण झगडा भै बस्ने यो समाजमा जुठे र मसलीको (नाम पविर्तन) पनि घर छ, जुन घरमा त सधै जसो मारपिट परिरहन्छ । जस्को कारणले गाउ नै हल्लाखल्ला हुने गर्दछ । जुठे सधै मदिरामा लठ हुन्छ । त्यस घरमा ३ वटी छोरी र एउटा छोरा रहेको छ । ति नानीबाबुहरु महिनामा दश दिन जति विद्यालय करकापमा जाने गर्छन भने बाकी समय डुलेर विताउछन । दुईवटी छोरी त किशोर अबस्थामा प्रबेश गरीसकेका छन । उनिहरु १५ र १६ बर्षका छन । पढाइमा भन्दा मोबाइल चलाउने र केटा साथी बनाएर डुल्नमा बेस्त हुन्छन । ति किशोर अबस्थाका छोरीहरु जिना र जिया (नाम परिवर्तन) हुन ।
गल्र्स फष्ट फण्डको सहयोग र ग्रामीण महिला सिर्ननशील परिवारको साझेदारीतामा संचालित सानो उमेरमा हुने विवाह न्युनिकरण तथा रोकथाम परियोजना संचालन गरे पश्चात त्यस समुदायमा गठन गरेको किशोरकिशोरी समुहमा जिना र जियालाई पनि समाबेश गर्ने काम भयो । नियमित रुपमा बैठक बसी वाल विवाह र यौन प्रजनन स्वास्थ्य विषयमा छलफल गर्न थालियो । विस्तारै जिना र जिया पनि विद्यालय जाने समय बढाएर पढाइमा मन लगाउन थालेका थिए तर जियाको माथिल्लो गाउको केटासंग लभ परेको कुरा उनका साथीहरुले सुनाउन थाले । हामीले वाल विवाह गर्न हुदैन भनेर पटक पटक भेटेर परामर्श गर्दा पनि जिया त्यस केटासंग भागिन भन्ने हल्ला चल्यो । हामीले जीयाको घरमा गएर उनको अभिभाबकसंग धेरै कुरा गरेर सानो उमेरमा भएको विवाहबाट पछि आउने समस्याहरुको बारेमा कुरा गरेर आयौ । पछि वडा अध्यक्ष र त्यस समुदायको मानिसहरुसंग पनि छलफल चलायौ ।
सहयोगी संस्थाको पहलमा आमाबाबुलाई परामर्श गरेपछि संवेदनशील भएर छोरीलाई बारम्बार फोन गर्न र सम्पर्क गर्न लगाएपछि आमा बुवाले संस्थाको परामर्श पश्चात जिया सम्पर्कमा आइन । उनले आफु साथीको घरमा भएको बताए पछि हामीले जियाको आमालाई पठाएर उनलाई घर फर्काउन सफल भएका छौं । अहिले पुन उनले आफ्नो पढाई शुरु गरेकी छिन । उनी आफु साथीको लैलैमा लागेर विवाह गर्न आटीसकेको र अहिले संस्थाले सकरात्म तरिकाले परामर्श गरेको हुदा आफुमा पविर्तन आएको कुरा बताउछिन । आफुलाई संस्थाले वाल विवाह हुनबाट बचाएको हुदा सस्थाका सबै सरमिसहरुलाई धन्यबाद दिएकी छिन । यसरी एउटा १५ बर्षको किशोरी वाल विवाहबाट जोगिन पुगेकी छिन् ।
तयार गर्ने - टीका थापा
कार्यक्रम अधिकृत
गल्र्स फष्ट फण्डको सहयोगमा सञ्चालित
सानो उमेरमा हुने विवाह न्युनिकरण तथा रोकथाम परियोजना