लिसंशुपाखर गाउँपालिकाको वडा.ं ६ मा बस्ने निशा पाण्डे बताउँछिन, “पारिवारीक अभावले आफनो लक्ष्य प्राप्तिमा ठुलो समस्या र चुननौतिलाई झेल्दै याहाँसम्म आईरहेको छु । कयौँ रहर, चाहाना, इच्छा हुदाहुँदै पनि अभावकै कारण रहरहरु मार्नुे परेको गुनासो सुनाउँछिन । ” निशा अहिले १४ वर्षको भएकी छिन । उनको बुबाको नाम कुमार पाण्डे र आमाको मिना पाण्डे दुवै कृषक हुन । बुबा आमा दुबैको पेसा भनेको खेतीपाती र ज्यालामज्दुरी हो । जिविकोपार्जनका लागि निकै मिहिनेत गनुपर्ने र छोरीको विद्यालयको खर्च त्यही खेतिपातिबाट जुटायर कापी, कलम किनिदिने गरेको कुरा उनकी निसा बताउछिन । उनी अहिले लिसंखुपाखर वडा न.ं ६ पेट्कुमा अवस्थित देवी माध्यामिक विद्यालयमा कक्षा ९ मा पढ्दै छिन । परिवारमा आमा, बुबा, भाइ र उनि गरी चार जना रहेका छन । निकै सोझी र माया लाग्दो इमान्दारी विद्यार्थी हो निसा पाण्डे भन्ने कुरा कक्षा शिक्षक मुना खड्का पनि बताउनुहुन्छ । साच्चै उनी इमान्दार र जिज्ञासु स्वभावको र मिलनसार साथीहरुसँग कहिल्यै झगडा नगर्ने बानीकी छिन ।


द गल्र्स फष्ट फण्ड र ग्रामिण महिला सिर्जनशील परिवारको साझेदारीतामा सञचालित सानो उमेरमा हुने विवहा न्युनीकरण तथा रोकथाम कार्यक्रम अन्तरर्गतको परियोजनाद्धारा गठन भएको लालीगुरास समुहमा आबद्द रहेकी निसा अरुसंग खुलेर बोल्न निकै लजाउछिन । विद्यालयमा आबस्यक पर्ने शैक्षिक सामाग्रीको अभाबले विद्यालय छाड्न लागेकी निसालाइृ सहयोगी संस्थाले आबस्यक पर्ने शैक्षिक सामाग्र िसहयोग गरेर परामर्श गरी विद्यालय छाड्नबाट रोकेको छ । छोरीको लागि संस्थाले गरेको सहयोगले उनको परिवार पनि निकै खुसी छ । सोधेको कुराको मात्र उत्तर दिने निसा नियमित रुपमा समुहको बैठकमा भाग लिन थालेपछि आजभोलि निर्धक्क भएर बोल्न सक्ने भएकी छिन । विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरुमा भाग लिन थालेकी छिन । विद्यालयमा आबस्यक पर्ने शैक्षिक सामाग्रीको अभाबले समय समयमा विद्यालयमा गयल हुने निसा अहिले नियमित रुपमा विद्यालय आउछिन । आफू पढेर भविष्यमा वकिल बन्ने सपना बोकेको विधार्थीलाई सहयोग गर्नुभएकोमा धान्यवाद दिएकी छिन् । र उनि अहिले विभिन्न क्रियाकलापहरुमा सकी्रय भई भाग लिने र साथीहरुसँग पनि खुलेर बोल्ने गरेकी छिन् पेट्कु लालीगुरास किशोरकिशोरी समुहको सक्रिय सदस्यको रुपमा आवद्ध रहेकी निशा वेलाबखतमा बठैकमा बालविहाको बारेमा खुलेर बताउँछिन र अरु साथीहरुको पनि अगुवाई गर्ने भएकी छिन । निसा आजभोदि समुदायमा वाल विवाह विरुद्दमा वकालत गर्ने अभियानकर्ताको रुपमा चिनिन थालेकी छिन् ।

 

तयार गर्न - हिरामाया थामी
सहायक कार्यक्रम अधिकृत
गल्र्स फष्ट फण्डको सहयोगमा सञ्चालित
सानो उमेरमा हुने विवाह न्युनिकरण तथा रोकथाम परियोजना