ग्रामीण महिला सिर्जनशील परिवारद्वारा यहीं कार्तिक २९ र ३० गते दुईदिने व्यवसायिक बालयौशाषणसम्बन्धी अवधारणागत स्पष्टता तालिम संचालन गरियो । उक्त तालिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्रका वडा सदस्यहरूको सहभागिता रहेको थियो । उक्त तालिममा व्यवसायिक बालयौनशोषण, मानव बेचबिखन, आधुनिक दासत्व, बालविवाह र बालश्रमसम्बन्धी अवधारणालाई स्पष्ट पारियो । यसका साथै व्यवसायिक बालयौनशोषण र यसको बदलिंदो स्वरुपहरूको बारेमा समेत सहभागीहरू बीच छलफल गरी स्पष्ट पारियो । तालिममा बालअधिकार, बालसंरक्षण र कानुनी प्रवाधानहरूको बारेमा पनि स्पष्ट पारियो ।
तालिमको क्रममा जनाप्रतिधिहरूले आ–आफ्नो वडामा महिला तथा बालबालिकाको क्षेत्रमा रहेको समस्यहरू लेखी ती समस्यहरूलाई समाधान गर्नका लागि जनाप्रतिनिधहरूले खेल्नुपर्ने भूमिका समेत लेखी सामुहिक रूपमा प्रस्तुत गरियो । र ती समस्यहरूलाई समाधान गर्नका लागि अबको बजेट तर्जुमा गर्दा बजेट छुट्याउने समेत प्रतिबद्धता जनाउनको साथै संघ–संस्थाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।