ग्रामीण महिला सिर्जनशील परिवार र दि फ्रिडम फण्डको साझेदारीमा संचालित ‘निकृष्ट प्रकारको श्रमबाट बालबालिकाको रोकथाम परियोजना’ अन्तर्गत २०७२ सालको भूकम्पपश्चात् गठन गरिएको समुदाय स्तरीय सामुदायिक निगरानी समितिहरूमा व्यवसायिक बाल यौनशोषण, मानव बेचबिखन, बालविवाह, घरलु श्रम, बालश्रम, बधुवा मजदुर, आधुनिक दासता तथा विभिन्न हिंसाको बारेमा सिन्धुपाल्चोक जिल्ला बाह«बिसे नगरपालिकाको वडा नं. ५, ६ गाती, वडा नं. ८ मानेश्वारा, त्यसैगरी भोटेकोशी गाउँपालिकाको वडा नं १, लिस्ती, वडा नं. २, ३ तातोपानी र वडा नं. ५ मार्मिङका स्थानीय समुदायहरूमा छलफल गरी सचेतना अभिवृद्धि गरिएको छ ।
परियोजना अन्तर्गत ४५ वटा सामुदायिक निगरानी समिति गठन गरी नियामित रूपमा छलफल तथा अन्तक्रिया गर्ने, जोखिममा परेका बालबालिकाहरूको पहिचान गर्ने र सहयोगको लागि सम्बन्धित निकायहरूमा सिफारिस गर्ने, समुदायमा हिंसाको घटनाहरू न्यूनिकरण गर्न सचेतना गर्ने र घटना घटेमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने काममा सामुदायिक निगरानी समितिहरू सक्रिय रूपमा लागि रहेका छन् ।