‘सरकारको प्रतिबद्धता – मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवस –२०७६ यहीं भदौ २० गते भव्यताका साथ मनाइएको छ । बाह्रबिसे नगरपालिका तथा ग्रामीण महिला सिर्जनशील परिवारको संयुक्त आयोजनामा बाह्रबिसे नगरपालिकामा ¥याली आयोजना गरियो । उक्त ¥यालीमा नगरपालिका, नगरपालिका भरिका विद्यालय, महिला समूह, बाल क्लब आदिको सक्रियतापूर्वक सहभागिता रह्यो । बसपाकबाट सुरु भएको करिब १.५ कि.मि. लामोे ¥याली खुर्सानीबारी हँुदै सुनकोशी बजारमा पुगेपछि कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभामा ग्रामीण महिला सिर्जनशील परिवारको तर्फबाट बेचबिखन विरुद्धको सडक नाटक ‘बुद्धिमानी छोरी’ प्रदर्शन गरियो । साथै मानव बेचबिखनसम्बन्धी वर्तमान स्वरुपको विषयमा ग्रामीण महिला सिर्जनशील परिवारको परियोजना संयोजक प्रेम तामाङले स्पष्ट पार्नुभयो । मन्तव्यको क्रममा बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले पनि हाल मानव बेचबिखनको स्वरुप बदलिदै गएको र यसको रोकथाम र नियन्त्रणको लागि नेपाल प्रहरी हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी सडक नाटकमा भाग लिने कलाकारहरूलाई प्रशंसा स्वरुप प्रमाणपत्र प्रदान गर्दै बाह«बिसे नगरपालिकाको उपमेयर शुशीला पाख्रिनले समाजमा बढ्दै गएको असुरक्षित वैदेशिक रोजगार, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सबै लागि पर्न आह्वान गर्नुका साथै आगामी दिनहरूमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत गर्नुभयो ।
सोही दिवसकै अवसरमा ग्रामीण महिला सिर्जनशील परिवारले महिला सञ्जाल तथा वडा कार्यालयहरूसँग मिलेर भोटेकोशी गाउँपालिकाको वडा नं १, लिस्ति, वडा नं २ र ३ तातोपानी र वडा नं ५ मार्मिङमा विभिन्न जनाचेतनामूलक कार्यक्रमहरू आयोजना गरियो ।
See more photographs>>