सिन्धु पर्यटन व्यवसायी संघ, सिन्धुपाल्चोकको आयोजना तथा ग्रामीण महिला सिर्जनशील परिवारको सहयोगमा यहीं २०७६ साउन २८ गते सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ७, पाँग्रेटारमा “अतिथि सत्कारको क्षेत्रमा बालश्रम निषेधको लागि प्रतिबद्धता कार्यशाला” सम्पन्न भयो । उक्त कार्यशालामा अतिथि सत्कार तथा मनोरञ्जन क्षेत्रका व्यवसायीहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, नेपाल प्रहरी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यशालामा अतिथि सत्कार तथा मनोरञ्जन क्षेत्रमा बालश्रमको अवस्थाको बारेमा व्यापक छलफल गरिनुका साथै त्यसको अन्त्यका लागि ७ बुँदे “सिन्धुपाल्चोक प्रतिबद्धता–पत्र” समेत जारी गरेको छ ।