टीका सुवेदी

ग्रामिण महिला सिर्जनशील परिवारद्धारामा भोटेकाशी गाँउपालिकामा बालश्रम विरुद्धको अभियान, आवास पुननिर्माणमा प्राविधिक सहयोग, आयआर्जन सहयोग, लैगिक सचेतना लगायतका विभिन्न कार्य हुदै आएको छ । जिल्लामा क्रिर्याशील सो संस्थाले भोटेकोशी गाउँपालिकाको ५ वटै वडालाई कार्यक्षेत्रको रुपमा लिई विभिन्न सहयोगी निकायहरुको समन्वयमा कार्य संचालन गरिरहेको छ । जिल्लाको विकट वस्ती फुल्पिङकट्टीमा सिर्जनशील परिवारले गरेको सहयोग प्रति स्थानीय समुदाय खुसी रहेको पाइन्छ । जनचेतना अभिवृद्धी देखी भौतिक सामाग्री समेत उपलव्ध गराउदै आएको जानकारी प्राप्त भएको छ । भूकम्पले जर्जर दुख दिएको फुल्पिङकट्टीवासीलाई मलम लगाउने कार्यमा ग्रामिण महिला सिर्जनशील परिवार अग्रसर रहेको स्थानीय कमल पौडेलले वताए । विशेषत अहिले संचालित कार्यक्रम मध्ये नेपाल भुकम्प पुनर्लाभ कार्यक्रम र निकृष्ट प्रकारको श्रमवाट वालवालिकाको रोगथाम कार्यक्रम फुल्पिङकट्टीमा प्रभावकारी रहेको देखिन्छ ।

श्रमवाट फर्काइएका र विपन्न वालवालिकालाइ सहयोग

निकृष्ट प्रकारको श्रमवाट वालवालिकाको रोगथाम कार्यक्रम अन्तर्गत श्रमवाट फर्काइएका र विपन्न वालवालिकालाइ सहयोग ग्रामिण महिला सिर्जनशील परिवार गरेको छ । भोटेकाशी गाँउपालिका ४ फुल्पिङकटटीमा श्रमवाट फर्काइएका ५ जना र आर्थिक अवस्था कमजोर रहेका १३ जना वालवालिकालाई शैक्षिक सहयोग गरेको छ । विद्यालय वाहिर कुनै वालवालिका नरहुन भन्ने मर्मका साथ संस्थाले अरुको कामदारको रुपमा काम गरिरहेका वालवालिकालाई घर फर्काइ विद्यालय पठाउन संस्थाले उल्लेखिनीय भूमिका निर्वाह गरेको छ । आर्थिक अवस्था कमजोर भएको र अभिभावकको पनि लाप्रवाहीले विद्यालय उमेर समुहका वालवालिकालाई विद्यालयमा छोड्न थाले पछि संस्थाले सचेतना वृद्धिका साथै वालवालिकालाइ ड्रस सहित शैक्षिक सामाग्री प्रदान गरेको छ । अहिले सहयोग गरेका वालवालिकाहरु सहजरुपमा विद्यालय जाने गरेको ग्रामिण महिला सिर्जनशील परिवारको सामाजिक परिचालक पार्वती कार्कीले वताइन ।

पारिवारिक आर्थीक अवस्था कमजोर रहेको कारण विद्यालय छोड्न वाध्य वनेको सोही वडाकी उनि विक अर्काको घरमा गएर काम गर्थिन । १२ वर्षकै उमेरमा विद्यालय छाडेर अरुको काम गर्ने विकलाई सिर्जनशील परिवारले उनिलाई पुन विद्यालयमा फर्काएको छ । अहिले १४ वर्ष भएकी विक थापीनारायण विद्यालयमा अध्यान गरिरहेकी छिन । पढ्न मन लाग्दा लाग्दै विद्यालय छोड्नु परेको पीडा व्यक्त गदै विक भन्छीन कापी किन्न पैसा हुदैन्थ्यो , वरु खाजा त नखाए पनी हुन्थ्यो । घरवाट पनि पैसा मागे कराउथें । पढ्न मन थियो तर सकिन । पढाइ छोडेर अरुको घरमा कामगर्न थालें । पछि सिर्जनशील परिवारका दिदीहरुले मलाई पढ्न पर्छ भन्नु भयो । वरु हामीले तिमीलाई पढ्नको लागी सहयोग गर्छौ भन्नु भयो । त्यस पछि खुशी लाग्यो । अहिले मलाई सहयोग गरिरहनु भाको छ ।

संस्थाको सहयोग पाएर पुन पढ्न थालेकी संगिता विकको पनि कहानी त्यस्तै छ । मन मारेर पढ्न छोडी अर्काको काम गर्नुपर्ने वाध्यताले पिल्सिएका वालवालिकालाई सहयोग गरेर फेरी विद्यालय पठाउने वातावरण वनाएको सिर्जनशील परिवारले पुन्यको काम गरेको छ भन्छीन अगुवा महिला लेक कुमारी वुढाथोकी । उनि भन्छीन कलिलै उमेरमा हिजो पढाइ छोडेर अरुको काम गर्न हिड्ने वच्चाहरु आज झोला वोकेर स्कुल जाँदा खुशी लाग्छ ।

चम्कदै वाल क्लव

ग्रामिण महिला सिर्जनशील परिवारको निकृष्ट प्रकारको श्रमवाट वालवालिकाको रोगथाम कार्यक्रम अन्तर्गत गठित वाल क्लवले सो स्थानमा उल्लेखिनीय कार्य गरेको छ । लालीगुराँस वाल क्लवको नामले क्रिर्याशल रहेको त्यस स्थानमा विभिन्न सचेतनाको कार्यक्रम संचालन गर्ने गरेको छ । गाँउघरमा रहेको विकृतिविसंगती विरुद्धको अभियान निरन्तर रुपमा संचालन गर्दै आएको सो वाल क्लवले मानव वेचविखन, वाल यौन शोषण लगायत विषयमा पनि काम गर्दै आएको छ ।

विद्यालय वहिर रहेका वालवालिकालाई पढ्ने वतावरण वनाउने, सचेतनाका कार्यक्रम संचालन गर्ने र अतिरिक्त क्रियाकलाप गर्दै आएको लालीगुराँस वाल क्लवका अध्यक्ष मिङमार शेर्पाले वताए । उनि भन्छन ग्रामिण महिला सिर्जनशील परिवारको निकृष्ट प्रकारको श्रमवाट वालवालिकाको रोगथाम कार्यक्रम अन्तर्गत गठित वाल क्लवले स्थानीयरुपमा धेरै काम गरेका छौं । संस्थाले वाटो देखायो । हामी हिडिरहेका छौ ।
यो अभियानमा लाग्दा समाज सेवाको भावना पैदा हुदोरहेछ । सोही वाल क्लवका सचिव डुपछिरिङ शेर्पा भन्छन वाल क्लवले विद्यालय छोडेका १५ जना वालवालिकालाई फेरी विद्यालयमानै फर्काउने महत्वपुर्ण काम गरेको छ । उनी भन्छन ,काम गर्ने शिलशीलामा आर्थिक समस्या हुने भएकोले संस्थागतरुपमा वाल अक्षयकोषको स्थापना गरिदिए हुन्थ्यो । संस्थाले अतिरिक्त क्रिर्याकलाप कार्यक्रममा पुरस्कारको व्यवस्था मिलाएको सामाजिक परिचालक पार्वति कार्कीले वताइन । उनीले यस्तै काम गर्ने वाल क्लव भोटेकाशी गाँउपालिका ४ फुल्पिङकटटीमा ९ वटा रहेको जानकारी दिइन ।

वाख्रा पालन व्यवसायीलाई सहयोग

ग्रामिण महिला सिर्जनशील परिवारको निकृष्ट प्रकारको श्रमवाट वालवालिकाको रोगथाम कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई वाख्रा पालनको लागी सहयोग गरेको छ । संस्थाले गरिवीले पिल्सिएको परिवारलाई वाख्रापालन गरेर आयआर्जनमा विकास होस भन्ने हेतुले सहयोग गरेको हो । आर्थिक विपन्नताले वालवालिकाहरु पढ्न नजाने,सानै उमेरमा विदेश जाने लगायत समस्यालाई निराकरण गर्न सो सहयोग गरेको हो । सो समुदायका १२ जना किसानहरुलाई १० हजारको दरले नगद उपलव्ध गराएको हो । सो सहयोगले खुशी ल्याएको स्थानीय लेककुमारी वुढाथोकीले वताइन ।

सिर्जनशिलद्वारा डकर्मी तालिम

ग्रामिण महिला सिर्जनशील परिवारको आयोजनामा २०७४ कात्र्तिक १४ गते देखि २० गते सम्म जिल्लाको भोटेकोशी गाउँपालिकाको हिन्दीमा ७ दिने डकमी तालिम संचालनमा रहेका छ ।

अक्सफामको आर्थिक तथा टोटल कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोग र संस्थाको आयोजनामा भुकम्प प्रभावित समुदायको लागि पुनर्निमाण तथा पुनसर््थापना सहयोग गर्ने सो तालिम संचालन गरेको हो । अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा पुनर्निर्माण कार्य सा¥है सुस्त गति रहेकोले स्थायी आवास पुनर्निर्माणमा सहयोग गर्न संस्थाले अक्सफामको सहयोग तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको समन्वयमा भोटेकोशी गाउपालिकाका ५ वटै वडाहरु लिस्ती, तातोपानी, फुल्पिङकट्टी र मार्मिङमा प्रत्येक वडामा १।१ जना सव ईन्जिनिय र १।१ जना तालिम प्राप्त दक्ष डकर्मीहरु र गाउँपालिका स्तरबाट कार्य गर्न १ जना ईन्जिनियर सहित टिम फिल्ड स्तरमा नै परिचालन गरिरहेको संस्थाको कार्यक्रम संयोजक राजु विश्वकर्माले वताए । विशेषत सडक अवरुद्ध, प्राविधिक टीमको अभाव र भुकम्प प्रतिरोधि संरचना निर्माणमा सचेतनाको अभाव रहेकोले निर्माण कार्यमा ढिलाइ रहेको विश्वकमाले जानकारी दिए । यसका सहयोगका लागि प्रत्येक वडाबाट ४ जनाको दरले तालिममा सहभागी गराई भुकम्प प्रतिरोधी आवाश निर्माण सम्वन्धी ७ दिने प्रविधि (डकर्मी) तालिम सञ्चालन गरिएकोे छ । सो तालिममा ७ जना महिला सहित २० जना छन ।

आवास निर्माण गर्दा आफ्नो र आफ्ना भावी पुस्ताको सुरक्षाको लागि गर्नुपर्ने भएकोले तालिममा सिकेका सिपलाई ब्यवहारमा उतारी भुकम्पप्रतिरोधी घर निर्माण गर्न तथा नेपाल सरकारको सुरक्षित पुनर्निर्माणको उद्देश्यलाई यस तालिमले सहयोग गर्ने तालिममा सहभागी सोमवहादुर थामीले वताए । ५३ वर्षिय थामी पहिलादेखी नै डकर्मी काम गर्दै आएको तर यो तालिम लिएपछि कस्तो घर भूकम्प प्रतिरोधी हुन्छ र कसरी वनाउने भन्ने सिकेको वताए । एउटा हात सानैमा गुमाएका उनिले अरु जस्तै काम गर्न सक्ने छन् ।

तालिम लिनको लागि मात्र नभई तालिममा सिकेका भुकम्प प्रतिरोधी प्रविधिलाई व्यवहारमा नियमित उतार्ने महिला सहभागी डोल्मा तामाङले वताइन । उनि भन्छीन हामी महिला पनि सिक्ने हो भने पुरुष जत्तिकै काम गर्न सक्छौ र जान्दछौ । यो तालिमले हामी झन नयाँ तथा भूकम्प प्रतिरोधी घर वनाउन जान्दछौ । हुन त मेरो श्रीमान शिक्षक हुनुहुन्छ । उहाँको तलवले के हुन्छर ? मैलै यस्तो काम गरेको ९ वर्ष जति भयो । अव त झन सिकियो, सजिलो भयो ।

सोही तालिममा सहभागी लिस्तीका निलम प्रधान भन्छीन म विदेश गएर धेरै कष्ट भोगेर आएको छु । मलाइ काठमाडौं सम्म नी जानमन छैन । म यहि डकर्मी भएर वस्छु । आफ्नो घर पनि वनाउछु र अरुको पनि वनाउछु । सर, मलाई अरुले झट्ट हेर्दा यसले के काम गर्ली भन्छन तर म धेरै पीर वोकेर आको छु । यहि माटोमा खेल्छु ।

सो तालिममा सहजीकरण गर्ने सव इन्जीनीयर नमुना श्रेष्ठ भन्छीन यस प्रकारको सिप विकासले स्थानीय स्तरमा परापुर्व काल देखी नै डकर्मी काम गरिरहेका ब्याक्तिहरुको क्षमता अभिवृद्धि भई नेपाल सरकारको पुनर्निर्माण गर्ने कार्यमा सहयोग पुग्ने, उनीहरुको आर्थिक अवस्थामा सुधार भई आयआर्जन तथा जिविकोपार्जनमा समेत टेवा पुग्ने छ । यसको साथै समूदायको माग र अवस्थालाई हेरेर सहकारी मार्फत आय आर्जनमा सहयोग, पशु स्वास्थ्य शिविरमा सहयोग, खानेपानी तथा शौचालय निर्माण र लैंगिक सचेतना लगायतका स्थानिय समूदायललाई प्रत्येक्ष फाईदा पुग्ने कार्यक्रमले गर्दा यस समूदाय स्तरमा भुकम्प पछि विस्तारै पुनर्लाभ हुदैं आइरहेको संस्थाका कार्यकारी निर्देशक नानीमाया थापाले जानकारी दिइन् ।

Source: http://janatapatra.com (